राजनीति


दुई सातामै हटाइए श्रममन्त्री दीपक साह

दुई सातामै हटाइए श्रममन्त्री दीपक साह

नेपालखबर
चैत २६, २०८२ बिहिबार १५:४७, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह दुई सातामै हटाइएका छन्। 

प्रधानमन्त्री बालेन्द्र शाहले श्रममन्त्री साहलाई बिहीबार पदबाट हटाएका हुन्। श्रममन्त्रीलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सिफारिसमा प्रधानमन्त्री शाहले पदमुक्त गरेको जनाइएको छ। उनी चैत १३ गते मन्त्री नियुक्त भएका थिए। 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा साह महोत्तरी-२ बाट सांसद निर्वाचित भएका हुन्। केही दिनअघि उनलाई मन्त्रिपरिषद्को वरियताक्रममा पनि पुछारमा झारिएको थियो। 

मन्त्री भएसँगै उनी विवादमा तानिएका थिए। पछिल्लो पटक उनकी पत्नी जुनु श्रेष्ठ स्वास्थ्य बिमा बोर्डको बैठकमा गएपछि आलोचना भएको थियो। त्यसै प्रकरणलाई लिएर रास्वपाले पदमुक्त गर्न सिफारिश गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad