राजनीति


देउवाको उपचार जारी, अझै केही समय लाग्ने

देउवाको उपचार जारी, अझै केही समय लाग्ने

नेपालखबर
चैत २५, २०८२ बुधबार १९:५८, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले अझै केही समय उपचार जारी रहने जनाएका छन्। 

देउवाले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो बारेमा आएका समाचारबारे प्रतिक्रिया जनाउँदै उपचार जारी रहेको बताएका हुन्। ‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु,’ देउवाले भनेका छन्। 

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण भएको थियो। उनीहरूको घरमा आगो लगाइएको थियो। 

जेनजी आन्दोलनकारीको आक्रमण घाइते भएका देउवा दम्पत्तिको सुरुवातमा नेपालमै उपचार भएको थियो। पछि थप उपचारका लागि सिंगापुर गएका थिए। 

उनी लामो समय सिंगापुरमा उपचार गरेर फर्किएका थिए। पछिल्लो पटक फलोअपका लागि सिंगापुर पुगेका थिए। त्यसपछि पारिवारिक कार्यक्रममा सहभागी हुने हङकङ पुगेका थिए। अहिले हङकङमै उपचार जारी रहेको जनाइएको छ। 

उनले आफू आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रम छरिएको जनाएका छन्। ‘वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ,’ देउवाले भनेका छन्, ‘अतिरञ्जना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad