राजनीति


गृहमन्त्री गुरुङसहित १३ मन्त्रीको मार्यादाक्रम परिवर्तन: को झारिए, को उकालिए?

गृहमन्त्री गुरुङसहित १३ मन्त्रीको मार्यादाक्रम परिवर्तन: को झारिए, को उकालिए?

नेपालखबर
चैत २४, २०८२ मंगलबार १४:४७, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मंगलबार मन्त्रीहरूको मर्यादाक्रम तलमाथि गराएका छन्। 

प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको मर्यादाक्रम फेरबदल गरेका हुन्।

१५ सदस्यीय मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री र अर्थमन्त्रीबाहेक सबै मन्त्रीको मर्यादाक्रम परिवर्तन गरिएको छ। 

मर्यादाक्रम सूचीमा दोस्रो नम्बरमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेको स्थान यथावत् रहँदा यसअघि तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ नम्बरमा झारिएको छ।

चौथो नम्बरमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई भने तेस्रो नम्बरमा उकालिएको छ। 

यसअघि पाँचौ नम्बरमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साललाई छैटौँमा झार्दा यसअघि छैटौँ नम्बरमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई चौथो नम्बरमा तानिएको छ। 

यस्तै सातौँ नम्बरमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेललाई १२औँ नम्बरमा राखिएको छ भने आठौँ नम्बरमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई ११औँ नम्बरमा झारिएको छ। 

यसैगरी यसअघि मर्यादाक्रममा नवौँ नम्बरमा रहेकी स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतलाई १०औँ नम्बरमा लगिएको छ भने यसअघि १०औँ नम्बरमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनालाई १३औँ नम्बरमा झारिएको छ। 

यसैगरी यसअघि ११औँ नम्बरमा रहेकी संघीय मामिला तथा सामान्य प्रशासननमन्त्री प्रतिभा रावललाई नवौँ नम्बरमा उकालिएको छ भने यसअघि १२औँ नम्बरमा रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई सातौँ नम्बरमा ल्याइएको छ।

यसअघि १३औँ नम्बरमा रहेकी कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीलाई १४औँ नम्बरमा राखिएको छ भने यसअघि १४औँ नम्बरमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई अन्तिम अर्थात् पन्धौँ नम्बरमा झारिएको छ। 

अनि यसअघि अन्तिममा रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीलाई आठौँ नम्बरमा उकालिएको छ।

अहिलेको मर्यादाक्रम

 

पहिलेको मर्यादाक्रम:

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad