राजनीति


ईश्वर पोखरेलले भने- आफ्ना (बिग्रिएका) मति अनुकूल गतिलाई बुझ्ने मुर्खता नगरौँ

ईश्वर पोखरेलले भने- आफ्ना (बिग्रिएका) मति अनुकूल गतिलाई बुझ्ने मुर्खता नगरौँ

नेपालखबर
चैत २०, २०८२ शुक्रबार १२:१४, काठमाडौँ

नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले आफ्नो बिग्रिएको मति अनुसार अहिलेको परिस्थितलाई बुझ्ने मुर्खता नगर्न आग्रह गरेका छन्। 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को सम्बोधनलाई लिएर एमालेभित्र विवाद उत्पन्न भइरहेको छ। त्यसैलाई लिएर नेता पोखरेलले पनि सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राखेका हुन्। 

उनले सिद्धान्तहीन सत्ता स्वार्थले समस्या उत्पन्न भएको जिकिर गरेका छन्। ‘सिद्धान्तहीन सत्ता स्वार्थ, यसैबाट निर्देशित हुँदै प्रकट हुने सत्ता अवसरवाद, आत्मकेन्द्रित भई प्रकट हुने अभिव्यक्तिहरू, विधि, पद्धति विपरित गतिविधिहरू अत्यन्त हानिकारक विषय हुन्,’ पोखरेलले लेखेका छन्। 

अहिलेको अवस्थामा एमालेलाई नयाँ गति दिन एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। अहिलेको गतिलाई बुझ्नुपर्ने बताउँदै पोखरेलले भनेका छन्, ‘गतिलाई बुझ्नैपर्छ। गति अनुसार मति बनाऔँ! विकसित परिस्थिति अनुसार आफ्ना चिन्तनर व्यवहारमा सुधार गरौँ! आफ्ना (बिग्रिएका) मति अनुकूल गतिलाई बुझ्ने मुर्खता नगरौँ! गति अनुसार मति सपार्ने काममा लागौँ!’

अहिले चुनौतीको भुँमरीमा परेको एमालेलाई सबै मिलेर अगाडि बढाउन सकिने उनले बताएका छन्। ‘हामीहरू अगाडि बढ्न सक्छौँ, हामीमाथि अहिले भइरहेका चौतर्फी षडयन्त्रपूर्ण हमलाको मुकाविला गर्दै लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्न सक्छौँ,’ पोखरेलले लेखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad