सिन्धुलीमा आज बिहान भएको सवारी दुर्घटनामा नौजना घाइते भएका छन्।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
आज बिहान बीपी राजमार्गमा पर्ने सुनकोसी गाउँपालिका ५ साइटारमा बस र हायस गाडी आपसमा ठोक्किएका हुन्।
काठमाडौँबाट काँकडभिटातर्फ जाँदै गरेको ललितपुर महानगरपालिका १५ निवासी ३८ वर्षीय गज बहादुर मगरले चलाएको बा.४ ख ५०५२ नम्बरको हायस गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको दोलखाको बैतेश्वर गाउँपालिका-६ का २६ वर्षीय सुमन सुबेदीले चलाएको बागमती प्रदेश ०१-००६ ख २२९७ नम्बरको बस आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा हायस चालक मगर, काभ्रेको मन्दनदेउपुर नगरपालिका-९ बस्ने ३० वर्षीया अनिता न्यौपाने, ठेगाना नखुलेका करिब ३२ वर्षीय प्रबिन तिवारी, झापाको झिलिमिले नगरपालिका-८ निवासी ९ वर्षीय संस्कृती यादब, सोही ठाउँकी ३२ वर्षीया कल्पना राई, झापाकै मेची नगर नगरपालिका-१३ बस्ने ३८ वर्षीय अमेश खड्का, झापाकै भद्रपुर नगरपालिका-१ बस्ने २२ वर्षीय अमृत राना मगर र झापाकै कचनकबल गाउँपालिका-७ का ४२ वर्षीय दिनप्रसाद सिग्देल घाइते भएका छन्।
उनीहरुमध्ये हायस चालक मगर, अनिता न्यापाने र प्रशान्त केसीलाई थप उपचारको लागि धुलिखेल ल्याइएको छ।
बाँकी घाइतेको आत्मिय सामुदायिक अस्पताल खाल्टे सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान सवा १० बजेतिर भएको यो दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रातामाटाबाट धर्मानन्द मैनालीको कमाण्डमा ३ जनाको प्रहरी टोली र इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक वसन्त बहादुर भुजेलको कमाण्डमा ट्राफिक प्रहरीसहित १० जनाको प्रहरी टोली खटिएको थियो।
प्रहरीले घाइतेलाई अस्पताल पुर्याएको थियो।
Shares

प्रतिक्रिया