ad ad

राजनीति


पौडेललाई उपसभामुख बनाउने प्रस्ताव राजमोद्वारा अस्वीकार

पौडेललाई उपसभामुख बनाउने प्रस्ताव राजमोद्वारा अस्वीकार

नेपालखबर
जेठ १, २०७७ बिहिबार १४:५३,

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउने प्रस्ताव आएको अध्यक्ष चित्रबहादुर केसीले खुलासा गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सांसद पौडेललाई उपसभामुख बनाउन प्रस्ताव गरेको हो। सो प्रस्तावप्रति धन्यवाद दिँदै राजमोले अस्वीकार गर्ने अध्यक्ष केसीले जनाएका छन्।

बिहीबार एक वक्तव्य प्रकासित गरी केसीले नेकपाले सांसद पौडेललाई उपसभामुख बनाउन प्रस्ताव गरेको तर, आफ्नो पार्टीले सो पद स्वीकार गर्न नसक्ने केसीले स्पष्ट पारेका छन्।

‘उपसभामुखको पद स्वीकार गर्न नीतिगत रूपमा हामीलाई कुनै अप्ठेरो पर्ने कुरा थिएन। तर संसदमा हाम्रो पार्टीकोतर्फबाट एकजना मात्र प्रतिनिधि भएको हुनाले उहाँलाई प्रतिनिधिसभाको उपसभामुख बनाउँदा संसदमा हाम्रो राजनीतिक भूमिका नै समाप्त हुने भएकाले हामी अहिलेको विशिष्ट अवस्थामा त्यो पदलाई स्वीकार गर्न असमर्थ भएको कुराको जानकारी गराउन चाहन्छौँ’ वक्तव्यमा भनिएको छ।

हाल उपसभामुख पद खाली छ । सभामुख र उपसभामुख पद फरक फरक दलको हुनुपर्ने प्रावधान अनुसार नेकपाले सो पद अर्को दललाई दिनुपर्नेछ ।

केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भारतले मिचेको नेपाली भूमि फिर्ता गरेपछि नयाँ नक्सा जारी गर्ने’ भनेको कुरा सञ्चारमाध्यममा आएको बताउँदै त्यसलाई अपत्तिजनक अभिव्यक्ति भन्दै विरोध गरेका छन्।

राजमोले नेपालको अतिक्रमित सहित सबै भूमि समेटिएको नक्सा सार्वजनिक गर्न र भारतसँग कूटनीतिक वार्ता गर्न पनि माग गरेको छ।

यस्तै, भारतमा अलपत्र परेका नेपालीलाई घर ल्याउन र आवश्यक स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि राजमोले पुनः सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .