राजनीति


एमालेले आज पनि माइतीघरमा प्रदर्शन गर्ने

एमालेले आज पनि माइतीघरमा प्रदर्शन गर्ने

नेपालखबर
चैत १६, २०८२ सोमबार १२:४, काठमाडौँ

अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज पनि काठमाडौँमा प्रदर्शन गर्दैछ। 

सोमबार दिउँसो १ बजे माइतीघर मण्डलमा विरोध कार्यक्रम हुने एमालेका सचिव महेश बस्नेतले जानकारी दिए। 

‘आज दिउँसो १ बजे माइतीघर मण्डलमा आयोजना हुने सशक्त विरोध कार्यक्रममा सहभागी हुन सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछु,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वर्तमान अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको बालेन नेतृत्वको सरकारद्वारा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधपूर्ण गिरफ्तारी तथा कथित गृहमन्त्रीका सबै प्रकारका अराजक गतिविधिहरूको विरोधमा एमालेको राजधानी प्रदेशले आयोजना गर्न लागेको विशेष प्रदर्शनमा सशक्त सहभागिता जनाऔँ। आन्दोलनको मोर्चामा भेट हुनेछ।’

गत भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा प्रहरीले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई शनिबार पक्राउ गरेको थियो। 

अध्यक्षको पक्राउपछि बसेको एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो।

एमालेले ओलीको पक्राउविरुद्धमा हिजो काठमाडौँसहित देशका सबैजसो जिल्लामा प्रदर्शन गरेको थियो।

शनिबार बिहान आफ्नै निवास भक्तपुरको गुण्डुबाट पक्राउ परेका ओलीलाई हाल महाराजगन्जस्थित शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad