राजनीति


बालेन रास्वपा संसदीय दलको नेता चयन

बालेन रास्वपा संसदीय दलको नेता चयन

नेपालखबर
चैत १२, २०८२ बिहिबार १७:३६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता पनि चयन भएका छन्। 

बिहीबार रास्वपा केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो। बैठकमा रास्वपा सभापति रवि लामिछानेले संसदीय दलको नेता चयनका लागि प्रस्ताव गरेका थिए। 

संसदीय दलको बैठकले सर्वसम्मत रुपमा शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। संसदीय दलको बैठकमा रास्वपा केन्द्रीय सदस्य पनि सहभागी रहेका थिए। 

यसअघि रास्वपा केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो। केन्द्रीय समितिको निर्णयलाई संसदीय दलले पनि पारित गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad