राजनीति


मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई राष्ट्रपति पौडेलको आह्वान

मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई राष्ट्रपति पौडेलको आह्वान

नेपालखबर
चैत ११, २०८२ बुधबार १६:१०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई आह्वान गरेका छन्।

निर्वाचन आयोग नेपालले बुधबार काठमाडौँमा आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सो कामका सबैले ध्यान दिने बेला आएको स्पष्ट पारे।

उनले निर्वाचनमा प्राप्त जनादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको पनि बताए। राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व जनप्रतिनिधिहरुको काँधमा आएको पनि उल्लेख गरे। उनले राष्ट्र निर्माणको साझा लक्ष्यमा सबैको एउटै मत हुने विश्वास समेत व्यक्त गरे।

राष्ट्रपति पौडेलले भने,‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अब जनप्रतिनिधिहरूको काँधमा आएको छ। लोकतन्त्रमा मत फरक हुन सक्छन्। तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु। संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न म यस अवसरमा सबैमा हार्दिक आह्वान पनि गर्दछु।’

त्यस अवसरमा राष्ट्रपति पौडेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरू, सुरक्षा निकायलगायतका सम्वद्ध सबै पक्षलाई आभार समेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad