राजनीति


देउवा-कोइराला समूह आन्तरिक छलफलमा, नेताहरू भन्छन्: केन्द्रीय समिति बैठक बोलाइएको छैन

देउवा-कोइराला समूह आन्तरिक छलफलमा, नेताहरू भन्छन्: केन्द्रीय समिति बैठक बोलाइएको छैन

नेपालखबर
चैत ८, २०८२ आइतबार १७:३१, काठमाडौँ

नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले आन्तरिक छलफल थालेको छ। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि आइतबार विहान धुम्बाराहीको एक होटलमा देउवा–कोइराला समूहका नेताहरु  छलफलमा जुटेका हुन्।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सानेपामा जारी रहेका बेला देउवा–कोइराला पक्षीय नेताहरुबीच आन्तरिक छलफल भएको हो। पुस २७–३० मा विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमिति बैठकले चुनावी समीक्षा र सभापति थापाको राजीनामामाथि सानेपामा छलफल गरिरहेको छ।

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएको कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिटका खुम्चिएपछि कांग्रेसभित्रको विवाद थप चर्किएको छ। गत पुसमा नियमित र विशेष महाधिवेशनको विषयले विभाजित कांग्रेस निर्वाचनमा एक देखिएपनि परिणामपछि पूर्ववत अवस्थामै फर्किएको देखिन्छ। 

पूर्व कार्यवहाक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पनि शीर्ष नेताहरुबीच पार्टी गतिविधि र चुनावी नतिजाबारे छलफल भएको नेता डा। प्रकाशशरण महतले नेपालखबरलाई जानकारी दिए। 

उनले भने, ‘आज विहान यसो एक छिन कुराकानी गरेका हौं। पार्टी आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। त्यसलाई हेरौ भन्ने हो।’ 

छलफल–भेटघाट गर्दै गर्ने कुराकानी भएपनि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक नै बोलाउन भन्ने निर्णय नभएको उनको भनाइ छ। ‘छलफल र भेटघाट गर्दै गरौं भन्ने भएको छ। तर, केन्द्रीय समिति बैठक नै बोलाउने भन्ने कुरा भएको छैन।’

नेता मीन विश्वकर्माले केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको बताएपनि छलफलमा सहभागी अन्य नेताहरूले त्यस्तो निर्णय नभएको बताए। 

यस्तै, पूर्वगृहमन्त्री रमेश लेखकले पनि केन्द्रीय समिति बैठक बोलाउनेबारे कुनै कुरा नभएको स्पष्ट पारे।

छलफलमा पूर्व कार्यवहाक सभापति खड्का, नेता शेखर कोइराला, पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, विजय गच्छदार, धनराज गुरुङ, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्रीहरू प्रकाशशरण महत, बद्री पाण्डे, जीवन परियार, नेताहरू बालकृष्ण खाण, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की, मीनेन्द्र रिजाललगायत सहभागी थिए। नेताहरूले विशेष महाधिवेशनका कारण पार्टीले सर्मनाक हार भोगेको निष्कर्ष निकालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad