राजनीति


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पर्सि फेरि बस्ने गरी सकियो

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पर्सि फेरि बस्ने गरी सकियो

नेपालखबर
चैत ६, २०८२ शुक्रबार १७:१९, काठमाडौँ

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक आजका लागि सकिएको छ। पार्टी मुख्यालय सानेपामा बसिरहेको बैठक आगामी आइतबार बिहान ८ बजे पुन: बस्ने गरी आजका लागि स्थगित भएको हो।

पार्टीको आन्तरिक रणनीति, समसामयिक राजनीतिक अवस्था र आगामी महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा आज पनि विभिन्न केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए।

बैठकको निर्णयबारे जानकारी दिँदै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने, ‘आजका लागि निर्धारित छलफलहरू सम्पन्न भएका छन्। बाँकी विषयमा थप छलफल गर्न र नेताहरूको धारणा सुन्नका लागि पर्सि बिहान ८ बजे फेरि बैठक बस्ने तय भएको छ।’ 

आजको बैठकमा सभापति गगन थापाको राजीनामा र भर्खरै सम्पन्न निर्वाचनको समीक्षाका विषयमा नेताहरूले बोलेका थिए।

उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय सदस्यहरूले सभापति थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने धारणाा राखेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad