राजनीति


संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठकमा दोस्रो तहका नेता सहभागी

संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठकमा दोस्रो तहका नेता सहभागी

कविन्द्र बुर्लाकोटी, मोहन आचार्य, गुरुप्रसाद बराल, रमेश मल्ल, आरेन राई र ज्ञानेन्द्रबहादुर शाही।


नेपालखबर
चैत ५, २०८२ बिहिबार १८:३, काठमाडौँ

संघीय संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठकमा ६ दलका दोस्रो तहका नेता सहभागी भएका छन्। 

नवनिर्वाचित सांसदको शपथ ग्रहण लगायतका विषयमा छलफल गर्न संसद् सचिवालयले बिहीबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दललाई बोलाएको थियो। सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कविन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसबाट मोहन आचार्य र नेकपा (एमाले)बाट गुरुप्रसाद बराल सहभागी थिए। 

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रमेश मल्ल, श्रम संस्कृति पार्टीबाट आरेन राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ज्ञानेन्द्रबहादुर शाही सहभागी थिए। बैठकमा सहभागी सबै नवनिर्वाचित सांसद हुन्। 

छलफलबाट चैत १२ गते दिउँसो २ बजे शपथ ग्रहण गर्ने तय भएको संसद् सचिवालयका सहायक प्रवक्ता आनन्दप्रसाद कोइरालाले जानकारी दिए। गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सभामा आएका छन्।

यससँगै संसदीय दलको व्यवस्थापन र नवनिर्वाचित सांसदलाई अभिमुखीकरणबारे पनि छलफल भएको थियो। संसद् सचिवालयका कर्मचारीले राजनीतिक दलले पाउने संसदीय दलको कार्यालय लगायका विषयमा जानकारी दिएका थिए। 

त्यस्तै, राजनीतिक दलका प्रतिनिधिले नवनिर्वाचित सांसदलाई अभिमुखकीरण आवश्यक रहेको बताएका थिए। त्यसअनुसार, नवनिर्वाचित सांसदलाई अभिमुखीकरण गरिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad