राजनीति


म वर्तमान संविधान र व्यवस्थाप्रति प्रतिबद्ध छु: रवि लामिछाने

म वर्तमान संविधान र व्यवस्थाप्रति प्रतिबद्ध छु: रवि लामिछाने

नेपालखबर
चैत ४, २०८२ बुधबार १४:२७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान संविधान र व्यवस्थाप्रति आफू प्रतिबद्ध रहेको बताएका छन्। 

रास्वपाले नवनिर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले लोकतान्त्रिक व्यवस्थामा आफूलाई विश्वास रहेको बताए। ‘म लोकतान्त्रिक प्रद्धतिलाई विश्वास गर्छु,’ लामिछानेले भने। 

वर्तमान संविधान र व्यवस्थाप्रति रास्वपाबारेमा टिकाटिप्पणी हुँदै आएका थिए। रास्वपाले नेतृत्वले पनि चुनावी अभियानका क्रममा यस विषयमा खुलेर बोलेका थिएनन्। 

चुनावपछि पहिलो पटक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले वर्तमान संविधानप्रति प्रतिबद्धता जनाएका छन्। ‘वर्तमान संविधान, वर्तमान व्यवस्थाप्रति प्रतिबद्ध छु,’ उनले भने। 

शासकीय स्वरुपमा केही सुधार गर्नुपर्ने उनले आवश्यकता रहेको औँल्याए। अन्य सबै विषयमा रास्वपाको प्रतिबद्धता जनाएका छन्। 

‘शासकीय स्वरुपमा सामर्थ्य पुग्दा केही न केही सुधार चाहिएको छ भन्ने कुराको हामीलाई हेक्का छ,’ लामिछानेले नवनिर्वाचित सांसदतर्फ इशारा गर्दै थपे, ‘तर, वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन, डगमागाउनेवाला पनि छैन। र यहाँहरूले पनि त्यसलाई डगमागाउन दिनुहुने छैन भन्ने मैले विश्वास लिएको छु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad