राजनीति


प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव श्रेष्ठ राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव श्रेष्ठ राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत

नेपालखबर
चैत १, २०८२ आइतबार १७:१६, काठमाडौँ

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनित भएका छन्।

प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनयन गरेकी हुन्।

यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनित गरिएको हो।
उनले अब कोषको सञ्चालक समितिको अध्यक्षता गर्नेछन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था गरेको छ। 

समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठले कानुनमा स्नातक गरेका छन्। सिन्धुलीका उनी कानुन व्यवसायी पनि हुन्।

श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव हुन्।

यस्तै, गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यका लागि सिफारिस भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad