पितृशोकमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की गुण्डु पुगेकी छन्।
केहीबेरअघि कार्की आफ्ना पति दुर्गा सुवेदीलाई साथमा लिएर पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगेकी हुन्।
ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो।
भेटका क्रममा कार्की र ओलीबिच केहीबेर कुराकानी भएको छ।
त्यसक्रममा प्रधानमन्त्री कार्कीले ओलीका बुबाप्रति श्रद्धाञ्जली र शोकाकूल परिवारजनप्रति समवेदन प्रकट गरेकी छन्।




378
Shares

प्रतिक्रिया