राजनीति


पराजयको कारणसहित चुनावी समीक्षा प्रतिवेदन बुझाउन कांग्रेसको परिपत्र

पराजयको कारणसहित चुनावी समीक्षा प्रतिवेदन बुझाउन कांग्रेसको परिपत्र

गगन थापा/फाइल तस्बिर


नेपालखबर
चैत १, २०८२ आइतबार १२:४४, काठमाडौँ

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा पराजयका कारणहरुसहित चुनावी समीक्षा प्रतिवेदन बुझाउन परिपत्र गरेको छ।

पार्टीका मातहत समिति र सबै उम्मेदवारलाई गर्दै फागुन २१ गतेको निर्वाचनपछि प्राप्त निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरू, अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटी स विस्तृत समीक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा पठाउन कांग्रेसले अनुरोध गरेको हो।

कांग्रेस महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी विज्ञप्तिमा अनुशासन समितिको विवरण र निर्वाचन समिक्षा प्रतिवेदन चैत्र ३ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ।

पार्टी संगठनलाई अझ सुदृढ एवं प्रभावकारी बनाउने उद्देश्यले दिइएको कार्य उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न महामन्त्रीद्वयको अनुरोध छ।

पार्टी सदस्यहरूको व्यापक सहयोग, साथ र समर्पण हुँदाहुदै पनि निर्वाचन परिणाम पार्टीले अपेक्षा गरे अनुसार आउन नसकेको यथार्थ सबैका लागि आत्मसमीक्षाको विषय बनेको कांग्रेसको भनाइ छ।

प्रदेश अनुशासन समिति गठन भएका जिल्लाहरूले अनुशासन समितिको संयोजक र सदस्यहरूको नाम, सम्पर्क नम्बर यथाशीघ्र पार्टी केन्द्रीय कार्यालयमा पठाउनु अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad