राजनीति


यी हुन् श्रम संस्कृति पार्टीले छानेका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीले छानेका समानुपातिक सांसद

नेपालखबर
फागुन ३०, २०८२ शनिबार १८:२८, काठमाडौँ

श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाका लागि समानुपातिक सांसद चयन गरेको छ। 

अध्यक्ष हर्क साम्पाङसहितका पदाधिकारीले शुक्रबार समानुपातिक सांसद टुंगो लगाएको जनाएको छ। प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ श्रम संस्कृति पार्टीले चार सांसद पाएको छ। 

श्रम संस्कृति पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका संग्रौला, दलितबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूलाई समानुपातिक सांसदमा चयन गरेको हो। लिम्बू पूर्व गोर्खा सैनिक हुन्। 

यसअघि समानुपातिक सांसदलाई लिएर श्रम संस्कृति पार्टीमा विवाद उत्पन्न भएको थियो। केही समानुपातिक उम्मेदवारले सामाजिक सञ्जालमार्फत आफूले पाउनुपर्ने माग गरेका थिए। 

त्यसलाई लिएर अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत नै जवाफ दिएको थियो। समानुपातिक सांसदलाई लिएर विवाद गर्नेलाई पार्टीबाटै निकाल्ने चेतावनी दिएका थिए। आज भने सहमतिमै समानुपातिक सांसद चयन गरिएको जनाइएको छ। 

भरखरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ। समानुपातिक तर्फ ‘थ्रेसहोल्ड’ कटाएको श्रम संस्कृतिको भागमा ४ सांसद परेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad