राजनीति


वामपन्थीहरू छुट्टाछुट्टै अघि बढ्न खोजे कोही पनि रहँदैनन्ः पम्फा भुसाल

वामपन्थीहरू छुट्टाछुट्टै अघि बढ्न खोजे कोही पनि रहँदैनन्ः पम्फा भुसाल

नेपालखबर
फागुन २८, २०८२ बिहिबार १७:१२, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले पछिल्लो राजनीतिक परिस्थितिले मुलुकमा वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता झनै बढेको बताएकी छन्।

बिहीबार विविध क्षेत्रका प्रेरणादायी महलिाहरूको सम्मान तथा वृत्तचित्र सार्वजनिक गर्न मोतीदेवी स्मृति केन्द्रद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

कम्युनिस्ट र वामपन्थीहरू छुट्टाछुट्टै अघि बढ्न खोजेको अवस्थामा कोही पनि नरहने स्थिति रहेको भुसालको भनाइ छ। उनले वामपन्थीहरूबीच एकता गरेर अघि बढे मात्रै वाम आन्दोलनको त्याग, तपस्या र बलिदानको औचित्य पुष्टि हुने जिकिर गरिन्। 

उनले पछिल्लो समय नेपालको राजनीति सस्तो बन्दै गएको टिप्पणी गरिन्। उहाँले खादा–टिका लगाएर पार्टी नेतृत्व पुग्ने र राजनीतिक अवसर प्राप्त गर्ने प्रवृत्ति देखापरेको भन्दै यसलाई राजनीतिक विकृतिका रुपमा व्याख्या गरिन्।

भुसालले नेपालमा महिला आन्दोलनको उपलब्धि ठूलो संघर्षको परिणाम भएको उल्लेख गर्दै अहिले राजनीतिमा, न्यायपालिकामा, प्रशासनिक र सुरक्षा क्षेत्रमा देखिएको महिला सहभागिताको पछाडि दीर्घ संघर्ष रहेको बताइन्।

उनले भनिन्, ‘आज राजनीति एकदमै सस्तो भएको छ। नोपलको महिला आन्दोलनको बारेमा यहाँ उपस्थितहरुको एउटा छ, यहाँ उपस्थित नभएकाहरूको संंघर्ष अर्कै छ। अहिले खादा लगाएर, टिका लगाएर पनि राजनीतिक दलको नेता हुने पार्टी नेतृत्वमा पुग्ने र राजनीतिक अवसर प्राप्त गर्ने प्रवृत्ति छ। यो त्यागको ठाउँमा त्यसलाई तुलना गर्ने हो भने त्यो त विकृति हो जस्तो लाग्छ।’ 

उनले गणतन्त्र स्थापनापछि नेपालले पहिलो महिला राष्ट्रपति पाएको स्मरण गर्दै संघीयता र समावेशिताका कारण उत्पीडित वर्ग नीति निर्माण तहसम्म पुग्ने अवस्था बनेको बताइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad