पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुधबार अपराह्न भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।
डा. भट्टराई बुधबार अपराह्न ४ः२० बजे एयर इन्डियाको उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन्। नयाँ दिल्लीमा आयोजना हुने ‘एनएक्सटी–२०२६’ सहभागी हुन भट्टराई भारत प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।
नयाँ दिल्लीमा फागुन २८ देखि ३० गतेसम्म हुने सम्मेलनमा ‘गेस्ट अफ अनर’का रुपमा भट्टराई सहभागी हुनेछन्। सम्मेलनमा भट्टराईले ‘डेमोक्रेसी इन द एज अफ एआई: डिजिटल गभर्नेन्स एन्ड द युथ’ शीर्षकमा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।
सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने जनाइएको छ। त्यस्तै, संसारभरका नीति निर्माता, व्यवसायी, प्रविधि विज्ञ, सांसद, शिक्षाविद् पनि समिटमा सहभागी हुने जनाइएको छ।
डा. भट्टराई फागुन ३० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
Shares

प्रतिक्रिया