मंगलबार तोलामा ३८ सय बढेको सुनको मूल्य आज पनि बढेको छ। आज सुनको भाउ तोलामा दुई हजार रुपैयाँ बढेको हो।
सुनको भाउ आज तोलाको तीन लाख १९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ गएको सोमबार तोलामा ३७ सय घटेको थियो भने मंगलबार तोलामा ३८ सय रुपैयाँ बढेको थियो।
हिजो सुनको भाउ ३ लाख १७ हजार रुपैयाँ थियो।
गएको आइतबार सुनको भाउ तोलामा ३५ सय बढेको थियो भने गएको शुक्रबार ४२ सय रुपैयाँ घटेर थियो।
गत साताको बुधबार एकैदिन सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य भने स्थिर छ। हिजो तोलामा ३१० रुपैयाँ बढेर पाँच हजार सातसय २० रुपैयाँ पुगेको चाँदीको भाउ आज सोही मूल्यमा स्थिर रहेको हो।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया