राजनीति


शंकर पोखरेललाई हराउने विपिन आचार्यको चुनाव खर्च सवा १६ लाख

शंकर पोखरेललाई हराउने विपिन आचार्यको चुनाव खर्च सवा १६ लाख

नेपालखबर
फागुन २६, २०८२ मंगलबार १४:४७, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनमा दाङ-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता विपिन आचार्यले सवा १६ लाख खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। 

प्रतिनिधिको सभाको निर्वाचनमा दाङ-२ बाट नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई पराजित गर्दै रास्वपाका आचार्य निर्वाचित भएका हुन्। आचार्यले ४३ हजार ५५९ र पोखरेलले १५ हजार २८७ मत पाएका थिए। 

आचार्यले मंगलबार निर्वाचन आयोगमा खर्च विवरण बुझाएका छन्। जसमा १६ लाख २९ हजार ६८० रुपैयाँ खर्च भएको जनाएका छन्। 

सबैभन्दा बढी प्रचार प्रसार सामग्रीमा ४ लाख ३५ हजार १२५ रुपैयाँ र सबैभन्दा कम मतदाता नामावली खरिद तथा प्रिन्टमा ३४ हजार ५२ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad