मत गणना जारी रहेको इलाम-१ मा कांग्रेस, श्रम संस्कृति र एमालेबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।
कांग्रेसका निश्कल राई १० हजार ८४९ मतसहित सबैभन्दा अगाडि छन्। उनलाई हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुले १० हजार ६५१ मतसहित पछ्याइरहेका छन्।
उनीहरूबीचको मतान्तर १९८ मात्रै छ।
त्यसैगरि तेस्रो स्थानमा रहेका एमालेका काजीमान कागतेले ९ हजार ९९८ मत ल्याएका छन्। यहाँ रास्वपाका विमन गदालले ६ हजार ७५८ मत ल्याएका छन्।
पाँचाैँ स्थानमा रहेका नेकपाका रनबहादुर राईले ५ हजार २४५ मत पाएका छन्।
2.7k
Shares

प्रतिक्रिया