राजनीति


देश रास्वपामय बन्दा अछाम-२ मा बालेनका स्वकीय २५ सय मतले पछाडि

देश रास्वपामय बन्दा अछाम-२ मा बालेनका स्वकीय २५ सय मतले पछाडि

नेपालखबर
फागुन २३, २०८२ शनिबार २०:३४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइतर्फ लम्किरहँदा अछाम–२ मा बालेन्द्र शाह (बालेन) का स्वकीय सचिव भूपदेव शाह तेस्रो स्थानमा छन्।

झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कीर्तिमानी मतान्तरसहित पराजित गर्दा अछाम– १ मा भूपदेवको अवस्था दयनीय देखिन्छ। रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बालेन भूपदेवको पक्षमा माहोल बनाउन अछामस्थित उनको घरमै पुगेका थिए। 

देशभर बालेनको प्रभावले रास्वपामय बन्दा अछाम–२ लाई छोएको देखिएन। अछामको सदरमुकामस्थित मंगलसेन नगरपालिकामै रास्वपा तेस्रो भएपछि भुपदेवले जित्ने सम्भवना क्षीण बनेको देखिन्छ। अछाम– २ को १४ हजार ६४४ मत गणना हुँदा एमालेका यज्ञबहादुर बोगटीले ५ हजार २०२ मत ल्याएर अग्रता कायम राखेका छन्।

यस्तै कांग्रेसका पुष्प शाहले ४ हजार ६८ मत ल्याएर पछ्याइराखेको अवस्था छ। एमालेका उम्मेदवार बोगटीले १ हजार १३४ मतको अग्रता कायम राखेका छन्। 

रास्वपा भूपदेव शाहले २ हजार ६९५ मत पाएका छन्। यस्तै नेकपाका उम्मेदवार बलबहादुर कुँवरले १ हजार ४३० मत प्राप्त गर्दा नेकपा (माओवादी)का उम्मेदवारले ३१९ मत पाएका छन्। 

सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा रास्वपाका तारा जोशी निर्वाचित हुँदा बैतडीमा हरिमोहन भण्डारीले अग्रता फराकिलो बनाउँदै लगेका छन्। कैलालीका ५ र कञ्चनपुरका ३ क्षेत्रमा रास्वपाको दबदबा देखिँदा अछाममा भने निष्प्रभावी देखिएको छ।

अछाम १ मा कांग्रेसका भरत स्वाँर निर्वाचित हुँदा रास्वपाका ओमप्रकाश रावलले जमानत समेत जोगाउन सकेनन्। अछाम–२ मा भूपदेवले प्रतिस्पर्धात्मक मत पाइराखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad