हिमाली जिल्ला सोलुखुम्बुमा नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ।
सुरुवातबाटै अग्रता लिएका कांग्रेस उम्मेदवार प्रकाश सिंह कार्कीलाई एमालेकी कल्पना राईले २७० मतले पछि पारेकी हुन्। राईले २ हजार ६९७ मत पाउँदा कार्कीले २ हजार ४२७ मत पाएका छन्।
यसअघि कांग्रेस उम्मेदवार कार्कीले ४० मतको अग्रता लिएका थिए। नेकपाका अशिम राई पनि प्रतिस्पर्धामा छन्।
उनले कांग्रेस उम्मेदवार बन्दा १० मत कम ल्याएका छन्। यहाँ चौथो स्थानमा रहेको रास्वपाको ८८९ मत छ।
2.7k
Shares

प्रतिक्रिया