राजनीति


सुनसरी–२ मा पनि रास्वपाकै अग्रता

सुनसरी–२ मा पनि रास्वपाकै अग्रता

नेपालखबर
फागुन २३, २०८२ शनिबार २:५२, काठमाडौँ

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ।

रास्वपाका उम्मेदवार लालबिक्रम थापाले चार हजार ३७९ मत प्राप्त गरी अग्रता लिनुभएको सहायक निर्वाचन अधिकृत अरुणकुमार मेहताले जानकारी दिए। 

सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइरालाले दुई हजार ३५१ मत प्राप्त गरी तामाङलाई पछ्याइरहेका छन्। त्यस्तै ३८६ मत प्राप्त गरी नेपाली कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुजन लामा तेस्रो स्थानमा छन्। 

निर्वाचन क्षेत्र–२ मा एक लाख ५८ हजार ९१० मतदातामध्ये एक लाख एक हजार चार मत खसेको थियो। यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी जम्मा २८ जना उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad