राजनीति


१७ क्षेत्रको परिणाम आउँदा कहाँ कसले जिते?

१७ क्षेत्रको परिणाम आउँदा कहाँ कसले जिते?

नेपालखबर
फागुन २३, २०८२ शनिबार २:५५, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। शनिबार बिहान पौने ३ बजेसम्म १७ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। 

अहिलेसम्म १७ स्थानको परिणाम आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ११ सिटमा विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवारले ४ सिटमा जित हात पारेका छन्। यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार २ ठाउँमा विजयी भएका छन्।

रास्वपाले जितेका ११ सिट

रास्वपाका काठमाडौँ-१ मा रञ्जु दर्शना, काठमाडौँ-३ मा राजुनाथ पाण्डे, काठमाडौँ-४ मा सुमित पोखरेल, काठमाडौँ-६ मा शिशिर खनाल, काठमाडौँ-७ मा गणेश पराजुली, काठमाडौँ-८ मा विराजभक्त श्रेष्ठ र काठमाडौँ-१० मा प्रदीप विष्ट विजयी भएका छन्। 

२०७९ सालको निर्वाचनमा कांग्रेसले जितेको काठमाडौँ १, ३, ५ र १० रास्वपाले खोस्दा थियो भने ७ र ८ मा जित दोहोर्‍याएको छ। 

यस्तै कास्की-३ मा रास्वपाकी बिना गुरूङ र कास्की-२ मा उत्तमप्रसाद पौडेल विजयी भएका छन्। गत निर्वाचनमा एमालेले जितेको कास्की २ र ३ मा रास्वपाले जित हात पारिसकेको हो। 

यस्तै मोरङ-४ मा रास्वपाका सन्तोष राजवंशी निर्वाचित भएका छन्। गत निर्वाचनमा यहाँ तत्कालीन माओवादीका अमनलाल मोदी निर्वाचित भएका थिए। 

यस्तै धनुषा-३ मा रास्वपाका मनिष झा निर्वाचित भएका छन्।

कांग्रेसले जितेका ४ क्षेत्र

रसुवामा कांग्रेसका मोहन आचार्य, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली र दैलेख-१ मा बासना थापा विजयी भएका छन्। रसुवा, मनाङ र मुस्ताङमा कांग्रेसले जित दोहोर्‍याउँदा दैलेखमा पहिलो जित हात पारेको छ। 

गत निर्वाचनमा गठबन्धनबाट तत्कालीन एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका थिए। 

नेकपाले जितेका २ क्षेत्र

रूकुममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। कालिकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन्।

गत निर्वाचनमा तत्कालीन माओवादीले जितेको दुवै क्षेत्र नेकपाले जोगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad