राजनीति


राजु पाण्डेलाई बधाई दिँदै कुलमानले भने- यो क्षेत्रको विकासमा थप सक्रिय भएर लाग्नेछु

राजु पाण्डेलाई बधाई दिँदै कुलमानले भने- यो क्षेत्रको विकासमा थप सक्रिय भएर लाग्नेछु

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार २२:२७, काठमाडौँ

उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले राजु पाण्डेलाई बधाई दिँदै यो क्षेत्रको विकासका लागि थप सक्रिय भएर लाग्ने बताएका छन्। 

शुक्रबार सामाजिक सञ्जालमार्फत घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार पाण्डेलाई बधाई दिएका छन्। ‘प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट विजय हासिल गर्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु पाण्डेलाई  हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ घिसिङले भनेका छन्। 

उनले आफूलाई मत दिने मतदाताप्रति पनि आभार प्रकट गरेका छन्। घिसिङले भनेका छन्, ‘ यस निर्वाचनमा मलाई विश्वास गर्दै आफ्नो अमूल्य मत प्रदान गर्नु भएका यस क्षेत्रका सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु।’

चुनावमा पराजित भए पनि काठमाडौँ-३ को विकासका लागि अझ सक्रिय भएर लाग्ने घिसिङले प्रतिबद्धता जनाएका छन्। ‘यहाँहरूले देखाउनु भएको विश्वास र माया मेरो लागि सधैं प्रेरणाको स्रोत रहनेछ। चुनावको परिणाम जे जस्तो भए पनि यस क्षेत्रको समग्र विकास, सुशासन, समृद्धि  सहितको उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन्। 

उनले पार्टीका नेता तथा कार्यकता र समर्थकलाई पनि धन्यवाद दिएका छन्। घिसिङले भनेका छन्, ‘साथै मेरा पार्टीका सम्पूर्ण नेता-कार्यकर्ता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकहरूलाई यस अभियानमा दिनुभएको अथक मेहनत, साथ र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

उनले उज्यालो अभियानलाई निरन्तरा दिने बताएका छन्। नेपाल निर्माणको यात्रालाई अगाडि बढाउने उनले जनाएका छन्। ‘यहाँहरू सबैको साथ, माया र विश्वासले मलाई आगामी दिनहरूमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको छ,’ घिसिङले भनेका छन्, ‘हामी सबै मिलेर उज्यालो, समृद्ध र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढाउनेछौँ भन्ने विश्वास व्यक्त गर्दछु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad