राजनीति


प्रचण्डले भने- तपाइँहरूको जस्तै लहर मैले २०६४ मै देखिसकेको छु, अहंकारबाट बच्नुहोला

प्रचण्डले भने- तपाइँहरूको जस्तै लहर मैले २०६४ मै देखिसकेको छु, अहंकारबाट बच्नुहोला

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार २२:२०, रुकुम पूर्व

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले नयाँ र पुराना दलहरूको संरक्षक भएर काम गर्ने बताएका छन्।

आज प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदाता धन्यवाद र्‍यालीलाई रुकुमकोटमा सम्बोधन गर्दै उनले सबै मिलेर देशलाई आगाडि बढाउनुपर्नेमा जोड दिए। 

एमाले र कांग्रेसलाई आफूले दुई तिहाइको अहङ्कार नगर्नूस् है गल्ती हुन्छ भनेर बारम्बार संसदमा बोलिहरेको बताउँदै संयोजक प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दै गर्दा विकास र समृद्धिका लागि लड्दै गर्दा सङ्ख्याको अहङ्कारले आफूलाई बाहिर पठाएको स्मरण गरे। 

उनले भने, ‘त्यही बेलामा मैले चुनौतीका साथ भनेको थिएँ सङ्ख्याले केही नापिँदैन। बङ्गलादेशमा एउटै पार्टीको दुई तिहाइ हुँदा पनि के हालत भयो देखिएकै छ।’ 

उनले धेरै सिट ल्याएका दलहरूलाई अहङ्कारबाट बच्न अनुरोध गरे।

‘इतिहासका आधारमा म सबैका लागि गुरु हुन सक्छु,’ संयोजक दाहालले भने, ‘तपाईंहरूको जस्तै लहर मैले २०६४ मै देखिसकेको छु, त्यसैले अनुभवका आधारमा सबैसँग मिलेर काम गर्न तयार छु।’ 

त्यसैले नयाँ दलहरूलाई पनि आफूले राम्रोसँग नेतृत्व दिनुपर्दछ भन्ने महसुस गरेको भनाइ उनको थियो। 

रुकुम पूर्वले भारी मतले यो निर्वाचनमा जिताएर ठूलो भारी बोकाएको बताउँदै संयोजक दाहालले देशकै ठूलो जिम्मेवारी काँधमा आएको महसुस गरेको बताए। 

पूर्वप्रधानमन्त्रीहरूमध्येमा अहिले आफूमात्र विजयी हुने विचित्रको स्थिति आएको बताउँदै उनले इतिहासलाई बोकेर हिँड्नुपर्ने बताए।

जनयुद्ध र जनआन्दोलनको इतिहास, शान्ति प्रक्रिया टुङ्ग्यएर यो देशमा स्थायित्वका निम्ति भए पनि आफूले निकै ठूलो भारी बोक्नुपर्ने स्थिति आएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad