राजनीति


देशका २३ वटा केन्द्रबाहेक सबै ठाउँमा मतदान सुरु

देशका २३ वटा केन्द्रबाहेक सबै ठाउँमा मतदान सुरु

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ८:२, काठमाडौँ

देशभरका मतदान केन्द्रमा मतदान सुरु भएको छ। निर्वाचन आयोगले तोकेको बिहान ७ बजेदेखि नै मतदानका सुरु भएको हो। 

काठमाडौँ उपत्यकाका ५२७ वटा स्थायी र ९ वटा अस्थायी मतदानस्थलमा पनि मतदान भइरहेको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार देशका २३ वटा मतदान केन्द्रबाहेकका मतदान केन्द्रमा  अहिले मतदान चलिरहेको छ। केही हिमाली क्षेत्रका मतदान केन्द्र र केही स्थानमा प्राविधिक कारणले मतदान सुरु हुन नसकेको र अन्य ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

केही शीर्ष नेताले बिहानै मतदान गरिसकेका छन्। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहसहितले मतदान गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad