राजनीति


मौन अवधिमा आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न आयोगको निर्देशन

मौन अवधिमा आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न आयोगको निर्देशन

नेपालखबर
फागुन १८, २०८२ सोमबार १७:०, काठमाडौँ

निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न सबै जिल्लाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई निर्देशन दिएको छ। 

सोमबार ७७ वटै जिल्लाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई मौन अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न र गराउन निर्देशन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्। आयोगले भनेको छ, ‘जिल्ला आचारसंहिता अनुगमन समिति समेतको सहकार्यमा अनुगमनकर्ताको अधिकारको प्रयोग गरी निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न/गराउन निर्देशन गरिएको छ।’

आयोगले सबै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आर्थिक पाटो हेर्ने जिम्मेवारी दिइएको छ। 

उनीहरूलाई मान अवधिमा आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिइएको हो। मतदान हुनुभन्दा अघिको ४८ घण्टालाई आयोगले मौन अवधि तोकेको छ। फागुन २१ गते निर्वाचन भएकाले फागुन १८ गते राति १२ बजेदेखि मौत अवधि सुरु हुन्छ। 

मौन अवधि सुरु भएदेखि चुनावका दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न भनिएको हो। यससँगै मतदानका दिन पालना गर्न पर्ने आचार पनि प्रभावकारी रुपमा पालना गर्न र गराउन निर्देशन दिइएको छ। 

यससँगै आयोगले राजनीतिक, उम्मेदवार र उम्मेदवारका समर्थकलाई पनि मौन अवधिमा चुनावी प्रचारप्रसार नगर्न आग्रह गरेको छ। निर्वाचन आचारसंहिता बमोजिम गर्न नहुने भनी तोकिएका कार्य नगर्न सचेत गराइएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad