राजनीति


कांग्रेस सभापति थापाले भने- एमालेसँग मिलेर सरकार बनाउनु गल्ती भयो

कांग्रेस सभापति थापाले भने- एमालेसँग मिलेर सरकार बनाउनु गल्ती भयो

फाइल तस्बिर


नेपालखबर
फागुन १७, २०८२ आइतबार १३:५०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले एमालेसित मिलेर सरकार बनाएर गल्ति गरिएको बताएका छन्। 

रौतहट क्षेत्र नम्बर ४ मा कांग्रेसले गरेको कार्यक्रममा थापाले विगतमा कांग्रेस र एमालेबीच भएको सत्ता सहकार्यलाई गलत भनेका हुन्। 

उनले संसद्‍मा ३२ सिट भएको माओवादीलाई प्रधानमन्त्री चाहिएको र २२ सिट भएको रास्वपालाई गृहमन्त्री चाहिएको बेला कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउँदा झन् धेरै त्रुटि भएको बताए। 

कांग्रेस, एमाले, रास्वपा र माओवादी सबैले गल्ती गरेर आएको भन्दै थापाले भने, ‘अहिले कसैले फुर्ती नलगाए हुन्छ।’ 

थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार छन्। त्यहाँ उनको रास्वपाका अमरेश सिंहसँग मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad