नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र अप्ठेरोमा परेकाले सहयोग गर्न रोल्पाली जनतालाई अपिल गरेका छन्।
शनिबार रोल्पाको लिवाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जेनजी आन्दोलनपछि देश अप्ठेरोमा परेको बताएका हुन्। ‘भदौ २३ गते भएको निर्मम दमन र भदौ २४ गते भएको विध्वंसले गर्दा असहज परिस्थितिमा निर्वाचन हुँदै छ,’ प्रचण्डले भने, ‘राष्ट्र निकै ठूलो अप्ठेरोमा परेको छ।’
यो अवस्थामा विदेशी शक्तिले खेलिरहेको उनको भनाइ थियो। ‘विदेशी प्रतिक्रियावादी र तिनका दलालले चुनौती दिने प्रयत्न गरिरहेका छन्,’ उनले भने, ‘विदेशी प्रतिक्रियावादी र तिनका दलालविरुद्ध नयाँ अभियान चलाउनुपर्ने बेला भएको छ।’
नयाँ अभियान चलाउनका लागि नै रुकुम पूर्वबाट उम्मेदवार बनेको उनको भनाइ थियो। ‘जनताको एकता, ताकतको आवश्यक पर्यो,’ प्रचण्डले भने, ‘संकट समाधान गर्न र क्रान्तिकारी जनतालाई साथमा लिएर राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यले रुकुम पूर्व आएको छु।’
Shares

प्रतिक्रिया