नेपाली कांग्रेसका उपभासपति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई आफ्नो चुनावी प्रतिज्ञापत्रमा लेखिएका विषयमा पनि थाहा नभएको टिप्पणी गरेका छन्।
शनिबार गुल्मीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उपभासपति शर्माले हात हल्लाउँदै हिँडेका व्यक्तिलाई आफ्नै प्रतिज्ञापत्रमा लेखिएका कुरा थाहा नभएको टिप्पणी गरेका हुन्। प्रधानमन्त्री हुँदा के कस्तो काम गर्ने भन्ने बालेनसँग योजना नभएको शर्माको भनाइ थियो। बालेनलाई कटाक्ष गर्दै शर्माले भने, ‘आफ्नै प्रतिज्ञा पत्रमा के लेखेको छ एक-एक अक्षर ख्याल छैन।’
कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका गगन थापाले भने चुनावी प्रतिज्ञापत्रको एक-एक अक्षर हरेको उनको जिकिर थियो। ‘हाम्रो प्रधानमन्त्रीको म्यान्डेट गगन थापाले घोषणापत्र लेख्ने समितिको संयोजक पनि बन्नुभो। एक एक अक्षर, अक्षर प्याराग्राफहरू हेर्नुभयो,’ शर्माले भने, ‘त्यसैले देश बनाउन जाने भन्दै गर्दा हामी केवल गगन थापा प्रधानमन्त्री बनाएर बन्छ भन्नेमा हामी होइनौँ।’
कांग्रेस बदलिएर आएको उनको भनाइ थियो। जेनजी आन्दोलनपछि चुनावमा जाँदा पुरानै अनुहार लिएर जान उपयुक्त नभएर कांग्रेसलाई बदलेको उनले दाबी गरे। ‘अब अझै फेरि उनै अनुहार के भदौ २३ र २४ को विद्रोह थाहा छैन? त्यो बेला देशमा प्रधानमन्त्री रहनुभएको को थियो थाहा छैन? हामी पनि सरकारमा थियौँ। कमजोरीको कुरा हामी पनि जिम्मेवारी लिन्छौँ,’ उनले भने।
Shares

प्रतिक्रिया