राजनीति


निर्वाचनको मैदान दुश्मनीको अखडा होइन: विश्वप्रकाश

निर्वाचनको मैदान दुश्मनीको अखडा होइन: विश्वप्रकाश

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १६:५५, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताएका छन्।

शुक्रबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले सो कुरा बताएका हुन्। उपसभापति शर्माले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनैपनि दलहरूलाई दुश्मनीको रुपमा लिन नहुने समेत बताए।

निर्वाचनपछि सबै दलहरूले सत्ता पक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले उनीहरूले निर्वाचनको मैदानमा दुश्मनको व्यवहार गर्न नहुने उनको भनाई थियो। 

उपसभापति शर्माले मुलुकलाई निकास दिने विषयलाई निर्वाचनको बेला बहस विषय बनाउनुपर्नेमा पनि जोड दिए।

उनले भने, ‘हामी राजनीतिलाई बदल्न चाहन्छौँ। राजनीतिको शैली बदल्न चाहन्छौँ। संस्कारलाई बदल्न चाहन्छौँ। राजनीतिको यो चुनावको मैदानमा हाम्रो लागि कोही पनि दुश्मन छैनन्। आज हामी जो प्रतिष्पर्धामा छौँ। यी दलहरू भोलि सत्ता र प्रतिपक्षमा सँगसँगै रहेर काम गर्नुछ। त्यसकारण दलहरुको मञ्चबाट त्यसैले दलहरुको मञ्चबाट गाली होइन, प्रेमलाई संप्रेषण गरौँ। निर्वाचनको मैदान दुश्मनीको अखडा होइन।’

उपसभापति शर्माले निर्वाचनको मञ्चलाई गाली गर्ने अवसरको रुपमा लिने काम पनि गर्न नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad