राजनीति


एमालेसँग तालमेल हुँदैन, अब देश नेकपाको लाइनमा आयो: प्रचण्ड

एमालेसँग तालमेल हुँदैन, अब देश नेकपाको लाइनमा आयो: प्रचण्ड

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १५:१५, काठमाडौँ

चुनाबी नतिजालाइ लिएर विभिन्नखाले अड्कलबाजी भइरहँदा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरेका छन्। नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कार्यकर्तालाई 'युद्धस्तर' मा चुनावी मैदानमा उत्रिन निर्देशन दिए।

पछिल्लो समय एमालेसँग १० सिटमा चुनावी तालमेल हुन लागेको भन्दै बजारमा चर्चा भइरहेको भन्दै उनले भने, 'त्यस्ता प्रचारमा कुनै सत्यता छैन। नेकपा आफ्नै खुट्टामा उभिएर चुनाव लड्छ। तपाइँहरू कुनै भ्रममा नपरी संगठन विस्तार र चुनावी अभियानमा केन्द्रित हुनुहोस्।'

फागुन २१ को निर्वाचनलाई दलहरूले आफ्नो अस्तित्वको लडाइँका रूपमा लिएका छन्। केही क्षेत्रमा  चुनावी तालमेलको कसरत भएको चर्चा  भइरहँदा प्रचण्डको यो 'एक्लै लड्ने' र 'नम्बर वान' बन्ने दाबीलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

सम्बोधनका क्रममा प्रचण्डले सुरुदेखि नै आफूहरूले निर्वाचनको मुद्दा उठाएको र अन्ततः सबै दल त्यही बाटोमा आउनु आफ्नो राजनीतिक जित भएको तर्क गरे। उनले भने, 'आज सबै राजनीतिक दल निर्वाचनमा होमिएका छन्, अब सर्वदलीय सरकार र संसद् पुनर्स्थापनाका कुरा हराए। यसमा नेकपाले लिड गर्‍यो र अहिले पूरा देश नै नेकपाको लाइनमा आएको छ।'

उनले थपे, 'हामी एक्लै अग्निपरीक्षामा होमिएका छौँ। यदि निर्वाचन निष्पक्ष भयो भने नेकपालाई एक नम्बरको पार्टी बन्न कसैले रोक्न सक्दैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad