राजनीति


चुनावका लागि ७५ जिल्लामा पुर्‍याइयो मतपत्र र निर्वाचन सामग्री

चुनावका लागि ७५ जिल्लामा पुर्‍याइयो मतपत्र र निर्वाचन सामग्री

नेपालखबर
फागुन १३, २०८२ बुधबार १३:५४, काठमाडौँ

आउँदो प्रतिनिधि सभाको निर्वाचनका लागि मतपत्र र निर्वाचन सागम्री देशभर पुर्‍याइएको छ। 

बुधबारसम्म देशका ७५ जिल्लामा मतपत्रसहित निर्वाचन सामग्री पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ। काठमाडौँ र भक्तपुरमा मात्रै मतपत्र र निर्वाचन सामग्री पुर्‍याउन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए। 

प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र र निर्वाचन सामग्री ७५ जिल्लामा पुर्‍याइएको हो। काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार मतपत्र र निर्वाचन सामग्री पुर्‍याइएने उनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad