राजनीति


विप्लवका पोलिटब्युरो सदस्य भरत बम कारगार चलान

विप्लवका पोलिटब्युरो सदस्य भरत बम कारगार चलान

नेपालखबर
असार २५, २०७६ बुधबार ८:४३,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ कारागार चलान भएका छन्।

जिल्ला अदालत बाँकेमा मंगलबार भएको बहसपछि अदालतले नेता रणवीरलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएपछि उनी जिल्ला कारागार शाखा बाँके चलान भएका हुन्।

उनीसँगै गिरफ्तार भएका अर्का नेता सत्यबहादुर शाही भने रिहा भएका छ्न्।

बाके जिल्लाको कोहलपुर बसपार्कबाट जेठ २५ गते गिरफ्तारीमा परेका उनीहरुविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad