राजनीति


इटहरीमा बालेनको प्रश्न- तरकारी कहाँको खानुभयो, बोर्डर पारिको?

इटहरीमा बालेनको प्रश्न- तरकारी कहाँको खानुभयो, बोर्डर पारिको?

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १५:५२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पूर्व तराईका जिल्लामा भारतबाट ल्याएर तरकारी खानुपर्ने समस्या सुल्झाउने बताएका छन्। 

मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले पूर्वी पहाडकै तरकारी खान पाउनुपर्ने बताए। ‘खान खानु भो त? बिहान खानामा तरकारी कहाँको खानु भयो? बोर्ड पारिको?,’  उनले प्रश्न गर्दै भने, ‘बोर्डर पारीको खानुभयो। इलाम, पाँचथरमा उत्पादन भएको तरकारी खानु पाउनुभएको छैन।’

उनले आफ्नै पहाडको तरकारी खुपाउने व्यवस्था गर्न रास्वपा आएको जिकिर गरे। ‘हाम्र्रै पहाडमा उब्जिएको तरकारी यहिँ मुनि झापा, सुनसरीमा खान पाइएको छैन। यो दुःखको कुरा हो। यो दुःखको समाधान गर्नुपर्छ र यो दुःखको समाधान गर्ने पार्टी हो, रास्वपा।’

उनले पूर्वी तराईमा धान उत्पादन गरेर देशभरलाई खुवाउन सक्ने बताए। ‘पूर्वी तराईका दुई–तीन जिल्लामा पूर्ण रुपमा धान उत्पादन गर्ने हो भने देशभरलाई खान पुग्छ। तर, उत्पादन हुन सकेको छैन, यो दुःखको कुरा हो,’ उनले थपे, यो दुःखलाई समाधान गर्ने पार्टी बन्न चाहन्छ रास्वपा।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad