नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिले देशमा विषम परिस्थित रहेको बताएका छन्।
शनिबार झापाको बुद्धशान्ति-४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो अवस्थामा कांग्रेसलाई देश सम्हाल्ने जिम्मेवारी दिनुपर्ने बताए। कांग्रेसले आफू बदलिएर देश बदल्ने सङ्कल्प गरेको उनको भनाइ थियो।
‘अहिले देशमा विषम परिस्थिति छ,’ शर्माले भने, ‘चुनावमा हार्ने र जित्ने सामान्य कुरा हो। तर विषम परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ, त्यो मुख्य कुरा हो।’
यस्तो अवस्थामा मुलुकलाई सही नेतृत्व गरेर निकास निकाल्ने क्षमता भएको कांग्रेसलाई जनताले जिम्मेवारी दिनुपर्ने उनको भनाइ थियो। उनले आवेगमा आएर लहैलहै र झोक्किएर मतदान नगर्न आह्वान गर्दै बदलिएको नेपाली कांग्रेसलाई ढुक्क भएर मतदान गर्न आह्वान गरे।
Shares

प्रतिक्रिया