राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेत्री खुश्बु ओली प्रतिनिधि सभाको निर्वाचनका लागि ‘एक भोट राष्ट्रलाई, एक भोट हिन्दू शास्त्रलाई’ भन्दै चुनावी अभियानमा लागेकी छन्।
राप्रपाका तर्फबाट ओलीले खस आर्य महिला क्लस्टरमा समानुपातिक उम्मेदवार छिन्। यो क्लस्टरको पहिलो नम्बरमा रहेकी ओली राप्रपाको ‘स्टार प्रचारक’का रूपमा चुनावी अभियानमा लागेकी छन्।
राप्रपाबाट देश दौडाहमा रहेकी ओलीले केहीअघि राजधानीबाट पश्चिमको यात्रा सुरु गरेकी थिइन्। उनी तनहुँ, पर्वत, म्याग्दी, बागलुङ हुँदै लुम्बिनी प्रदेशको रुकुम पूर्व र कर्णाली प्रदेशको रुकुम पश्चिमसम्म पुगेकी थिइन्।

त्यसअघि मधेस प्रदेशमा चुनावी अभियानमा खटिइन्। गण्डकी प्रदेशको गोरखामा उनले दिएको अभिव्यक्तिले चर्चा पाएको थियो। गोरखापछि उनी शनिबार झापातिर लागेकी छन्।
उनले लोभलालचमा नपरेर मतदान गर्न आग्रह गरेकी छन्। ‘यस पटकको चुनाव कुनै व्यक्ति जिताउनका लागि होइन, देश बचाउनका लागि हो,’ उनले भनिन्, ‘यो मत डर, लोभ वा विदेशी एजेन्डाबाट होइन, आफ्नै माटो, आफ्नै इतिहास र आफ्नै भविष्यप्रतिको जिम्मेवारीबाट खसालिनेछ।’
Shares

प्रतिक्रिया