नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस निकालेको छ।
आरआर क्याम्पसबाट मसाल जुलुस निकालेर अनेरास्ववियुका विद्यार्थीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध नाराबाजी गरे।
मसाल जुलुसमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पुत्लासमेत जलाइएको छ।
संगठनले घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग राखेको छ।
संगठनले यसलाई लोकतान्त्रिक मूल्य, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा प्रत्यक्ष आघात पुर्याएको भन्दै झन्डा जलाएकोप्रति आपत्ति जनाएको छ।
एमालेले आफ्नो पार्टीको झन्डा जलाएको आरोप रास्वपाको नेता कार्यकर्तालाई लगाएको छ। तर, रास्वपाले यसको खण्डन गरेको छ।
504
Shares

प्रतिक्रिया