फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी अनुगमनका क्रममा प्रधानमन्त्री सुशीला कार्की आज बिहान मुस्ताङ पुगेकी छन्।
यस क्रममा प्रधानमन्त्री कार्कीले हिमाली बस्ती पुगेर स्थानीयसँग अन्तरक्रिया गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री कार्कीले चुनाव तयारीका विषयमा जोमसोममा स्थानीय अधिकारीसँग छलफल गरेकी छन्।

यसअघि बिहान प्रधानमन्त्री कार्कीले मुक्तिनाथ मन्दिर दर्शन पनि गरेकी थिइन्।

निर्वाचनको मिति नजिकिँदै गर्दा प्रधानमन्त्री कार्कीले केही दिनयता हिमाली जिल्लाको भ्रमण/अवलोकन गरिरहेकी छन्।
42
Shares

प्रतिक्रिया