राजनीति


दक्षिण कोरियाद्वारा उत्तर कोरिया सामु अन्तर–कोरियाली रेलवे निर्माणको प्रस्ताव

दक्षिण कोरियाद्वारा उत्तर कोरिया सामु अन्तर–कोरियाली रेलवे निर्माणको प्रस्ताव

नेपालखबर
बैशाख २८, २०७७ आइतबार ९:३७,

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच वार्तामा तत्काल प्रगति नभएको देखिए पनि दुबै कोरियाबीच समझदारी बढ्दै गएको राष्ट्रपति मुनले बताएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ।

राष्ट्रपति पदमा निर्वाचित भएको तेस्रो वर्षका अवसरमा विशेष सम्बोधन गर्दै राष्ट्रपति मुनले अन्तर–कोरियाली रेलवे सम्पर्क संजालको निर्माण र उत्तर कोरियातर्फ हुने भ्रमण जस्ता विशेष कार्यक्रमहरुको महत्व अझै रहेको बताए।

उनले दक्षिण कोरियाबाट प्रस्तावित सहयोगात्मक परियोजनालाई स्वीकार गर्न उत्तर कोरियासमक्ष अनुरोध गरे।

उनले भने, “हालका प्रस्तावहरु अझै पनि सान्दर्भिक छन्। हामी उत्तर कोरियालाई आफ्ना परियोजनाहरु स्वीकार गर्न आग्रह गरिरहने छौं।”

राष्ट्रपति मुनले कोरोनाभाइरसका कारण सिर्जित समस्याबाट उत्तर कोरिया पनि प्रभावित भएको बताए।

उनले दक्षिण कोरिया र संयुक्तराज्य अमेरिका दुबै मुलुकले उत्तर कोरियासँग निकट सम्पर्क संचारमा रहेको बताए। रासस/योनहाप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad