नेपाली कांग्रेसले आज मधेस प्रदेशको राजधानी जनकपुरमा चुनावी सभा गर्दै छ।
कांग्रेसको मधेस प्रदेश कार्यसमितिको आयोजनामा हुने सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका नेताले सम्बोधन गर्दैछन्।
सभामा सहभागी हुन सभापति थापा काठमाडौँबाट जनकपुर प्रस्थान गरेका छन्।
जनकपुर जानुअघि सामाजिक सञ्जालमा उनले आफू काठमाडौँ ४ निवासी दिब्य शताब्दी पुरुष गौरीशंकर लाल दासको आर्शिवाद लिएर जनकपुर जान लागेको जानकारी दिएका छन्।
‘काठमाडौँ क्षेत्र नम्बर ४ निवासी दिव्य शताब्दी पुरुष गौरीशंकरलाल दासको शुभेच्छा, आशीर्वाद र सुझाव लिएर जनकपुरमा भइरहेको पहिलो प्रतिज्ञा सभामा सहभागी हुन जाँदैछु,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
जनकपुरको सभाबाटै कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीसमेत गरेको छ।
कांग्रेस सभापति थापा सर्लाही ४ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेपछि कांग्रेसले यसपटकको निर्वाचनमा मधेसलाई निकै प्राथमिकता दिएको छ।
Shares

प्रतिक्रिया