राजनीति


दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग

दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १७:६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेको छ। 

मंगलबार राप्रपाका वरिष्ठ उपाध्यक्ष रोशन कार्कीको टोलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर प्रसाईंलाई रिहा गर्न माग गरेको हो। राप्रपाको टोलीले प्रसाईंलाई विना शर्त रिहा गर्न गृहमन्त्री अर्यालको ध्यानाकर्षण गराएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। 

निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गरेको भन्दै प्रहरीले गए राति प्रसाईंलाई पक्राउ गरेको थियो। उनी गत माघ २५ गते मात्रै रिहा भएका थिए। 

यअसघि पनि उनलाई निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गरेको भन्दै माघ २३ गते पक्राउ गरिएको थियो। त्यतिवेला दुई दिन हिरासतमा राखेर हाजिरी जमानीमा छोडिएको थियो। 

प्रसाईंलाई फेरि पक्राउ गरिएपछि राप्रपाले ध्यानाकर्षण गराएको हो। उनलाई तत्काल विना शर्त रिहा गर्न राप्रपाले माग गरेको छ। 
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं पटकपटक पक्राउ पर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad