राजनीति


मतपत्र छपाइ अन्तिम चरणमा, आज सक्ने तयारी

मतपत्र छपाइ अन्तिम चरणमा, आज सक्ने तयारी

नेपालखबर
फागुन ४, २०८२ सोमबार १३:२६, काठमाडौँ

आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले अब पाँच लाख मतपत्र छाप्न मात्रै बाँकी रहेको जनाएको छ। केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सकिने बताए। 

बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आजै साँझसम्म सक्ने गरी काम भइरहेको उनले बताए। ‘प्रत्यक्षतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। प्रत्यक्ष तर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र छपाइ आज दिनभरमा सक्छौँ,’ उनले भने। 

केन्द्रले ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियो। आज ४० दिनमै सकिन लागेको उनको भनाइ छ। 

आज छपाइ सकिएपछि भोलिसम्म सबै मतपत्र ‘प्याकिङ’ सकरे बाँकी जिल्लामा ढुवानी हुने उनले जानकारी दिए। दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरी लक्ष्यभन्दा अगाडि नै मतपत्र छपाइ गरिएको उनले बताए। 

केन्द्रबाट छपाइ भएका १० लाख नमूना मतपत्रलाई निर्वाचन आयोगले विभिन्न ठाउँमा पठाइसकेको छ। दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी जिल्ला पठाउने कार्य भइरहेको छ। 

केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि फागुन १२ गतेसम्म पु¥याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad