राजनीति


वर्षमानको भिडियो सन्देश: राष्ट्रिय स्वाधीनता खतरामा, देशको भविष्य सम्झेर मतदान गर्नुहोस्

वर्षमानको भिडियो सन्देश: राष्ट्रिय स्वाधीनता खतरामा, देशको भविष्य सम्झेर मतदान गर्नुहोस्

नेपालखबर
फागुन ४, २०८२ सोमबार १२:३४, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वाधीनता संकटमा परेकाले देशको भविष्य सम्झेर मतदान गर्न आग्रह गरेका छन्। 

सोमबार सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै पुनले फागुन २१ मा हुने प्रतिनिधि सभाको  निर्वाचनमा आफ्नो दलले राष्ट्रिय स्वाधीनता रक्षा, सुशासन, समृद्धि र रोजगारीका मुद्दालाई प्रमुख एजेन्डाका रुपमा अघि सारेको बताए। मुलुकले सुशासन र समृद्धि खोजिरहेको तथा युवालाई रोजगारी आवश्यक रहेको उनको भनाइ छ। 

उनले मतदान गर्नुअघि राष्ट्रको स्वाधीनता र भविष्य, युवाको भविष्य, शहीदको बलिदान र ऐतिहासिक संघर्षलाई स्मरण गर्न अपिल गरेका छन्।   विगतदेखि नै सुशासन र समृद्धिका मुद्दामा नेकपाले काम गर्दै आएको दाबी गर्दै उनले तारा चिह्नमा मतदान गर्न आग्रह गरेका छन्। 

विगतमा सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा काम गरेको दाबी गर्दै उनले महिला, मजदूर, किसान, दलित, जनजाति, मधेसी तथा कर्णालीजस्ता पीछडिएका क्षेत्रका समुदायलाई राज्यको मूलधारमा ल्याउन भूमिका खेलेको जिकिर गरेका छन्। 

‘राष्ट्रिय स्वाधीनकाताको रक्षा, सुशासन र देशको समृद्धिका लागि विगतदेखि काम गर्दै आएको नेपाली कम्युनिष्ट पार्टी र यसका उम्मेदवारलाई आगामी निर्वाचमा तारा चिह्नमा मतदान गरी विजयी गराई आम नेपाली जनताले युवाले आफ्नो राष्ट्रभत्ति, देशभत्ति, स्वाधीनता र सशासनको प्रतिबद्धतालाई व्यक्त गर्नुपर्नेछ’, पुनले भनेका छन्।

अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै पुनले स्वाधीनता, समृद्धि, सुशासन र रोजगारी सिर्जनाका लागि थप प्रतिबद्धतासहित अघि बढ्ने बताएका छन्। पार्टी र नेताहरू कमजोरीरहित नभए पनि विगतका सीमा सच्याउँदै पुनः जनताको सेवामा समर्पित हुने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad