राजनीति


झापा ५ मा बालेन: काठमाडौँको फोहोर व्यवस्थापन गर्न खोज्दा अन्तर्राष्ट्रिय चलखेल भयो

झापा ५ मा बालेन: काठमाडौँको फोहोर व्यवस्थापन गर्न खोज्दा अन्तर्राष्ट्रिय चलखेल भयो

नेपालखबर
फागुन ४, २०८२ सोमबार १२:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता एवम् झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले काठमाडौँको फोहोर व्यवस्थापनमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका छन्। 

काठमाडौँ महानगरको निवर्तमान मेयरसमेत रहेका बालेनले सोमबार बिहान झापा ५ का मतदातासँगको संवादमा काठमाडौँको फोहोर व्यवस्थापन र सुकुम्बासी समस्यामा समाधानमा ठूलो अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका हुन्। 

‘काठमाडौँ महानगरमा कुन हदसम्मको अन्तर्राष्ट्रिय चलखेल थियो भनेर तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न,’ बालेनले भने, ‘महानगरको नेतृत्व गर्नु र प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा होइन।’

उनले काठमाडौँको राजनीतिमा बाह्य शक्तिहरूको अदृश्य दबाब रहने गरेको पनि बताए।

विशेषगरी सुकुम्बासी व्यस्थापनमा आफूले त्यो अनुभूति गरेको उनको भनाई थियो। ‘काठमाडौँका सुकुमबासी बस्तीमा बस्ने धेरै त वास्तविक सुकुम्बासी नभई राजनीतिक दलहरूद्वारा संरक्षित र परिचालित मान्छे हुन्,’ बालेनले भने। 

उनले सुकुम्बासीलाई लालपुर्जा दिलाउने र व्यवस्थित गर्ने कार्यमा महानगरले भूमि आयोगसँग तीन महिनाअघि नै सम्झौता गरिसकेको भए पनि देशमा हुने राजनीतिक अस्थिरता र छिटोछिटो फेरिने सरकारका कारण ती काम कार्यान्वयन हुन नसकेको बताए। 

खोला किनारमा बस्नु जोखिमपूर्ण हुने भएकाले सुकुम्बासीलाई सुरक्षित स्थानमा सारेर आवास र खानपानको व्यवस्था गर्ने योजना आफूसँग रहेको दाबी उनको थियो। 

बालेन एक हप्ता लामो मधेस र बागमती प्रदेशको भ्रमणपछि सोमबार आफू उम्मेदवार रहेको झापा ५ मा फर्किएका हुन्। साेमबार बिहानैदेखि उनले झापा ५ मा घरदैलो सुरु गरेका छन्। 

हेर्नुहोस् थप तस्बिर


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad