राजनीति


निर्वाचन कार्यालयमा आउन थाले चुनावी सामग्री

निर्वाचन कार्यालयमा आउन थाले चुनावी सामग्री

नेपालखबर
माघ २९, २०८२ बिहिबार १२:४५, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक पर्ने सामग्री छपाई भएर निर्वाचन आयोगमा आउन थालेका छन्। 

काठमडौँको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानको छापाखानामा छापिएका सागम्री आउन सुरु भएको आयोगका सहयाक प्रवक्ता कुलबहादुर जीसीले बताए। उनका अनुसार, प्रज्ञा-प्रतिष्ठानको छापाखानामा मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियम र अन्य निर्देशिका छपाई भएका छन्। 

यी सामग्री आउने क्रम सुरु भएको सहायक प्रवक्ता जीसीले बताए। यीसँगै अन्य सामग्री पनि ७७ वटै जिल्लामा पठाउने गरी तयारी भएको छ।

प्रतिष्ठानबाट पहिलो चरणमा पाँच हजार छपाइ सामग्री आएको उनले जानकारी दिए। बाँकी सामग्री पनि अब क्रमशः आएपछि जिल्ला जिल्लामा पठाउन तयारी अवस्थामा राखिनेछ। 

मतपत्र भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad