राजनीति


देउवालाई चुनावी अभियानमा जोड्न भावनात्मक अपिल गराउँछौँ: कांग्रेस प्रवक्ता चालिसे

देउवालाई चुनावी अभियानमा जोड्न भावनात्मक अपिल गराउँछौँ: कांग्रेस प्रवक्ता चालिसे

नेपालखबर
माघ २८, २०८२ बुधबार १३:८, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति शेरबहादुर देउवाले आसन्न फागुन २१ को निर्वाचनका लागि भावनात्मक अपिल गराउने प्रयास भइरहेको भएका छन्। 

बुधबार बिहान काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता चालिसेले दुई-चार दिनेदेखि त्यसको प्रयास भइरहेको बताए। नेपालखबरकर्मी लोकेन्द्र भट्टले देउवालाई चुनावी अभियानमा जोड्न नयाँ केन्द्रीय समितिबाट किन प्रयास नभएको भन्ने प्रश्नमा चालिसेले भने, ‘उहाँसँग कुराकानी गर्ने कुरामा सबै जना सहमत छन्। दुई-चार दिनदेखि मेहनत भइरहेको छ। अरु केही नभए पनि तत्काललाई स्टेटमेन्ट निकालौँ, भावनात्मक अपिल गरौँ भन्ने छ।’

जेनजी आन्दोलनपछि गत असोज २८ मा तत्कालीन केन्द्रीय समितिमा देउवाले राखेको मन्तव्य जस्तै केही बोलिदिए निर्वाचनमा कांग्रेसका पक्षमा ठूलो ‘वेभ’ सिर्जना हुने प्रवक्ता चालिसेको भनाइ छ। ‘पहिले पार्टीको केन्द्रीय समितिको बैठकमा बोलेको राम्रो थियो नि त, त्यही प्रकारको एउटा कपी बनाउने र बोल्न लगाउने प्रयासमा छौँ,’ उनले भने। 

नेता प्रकाशमान सिंहलाई पनि चुनावी अभियानमा जोड्न संवाद भइरहेको उनले बताए। ‘निर्वतमान सभापतिका साथै काठमाडौँमा जोडिएका चार-पाँच वटा क्षेत्रमा यहाँका नेता (प्रकाशमान सिंह) लाई उभिउँदा झ्याप्पै वेभ सिर्जना हुन्छ। उपत्यकामा पनि हामी राम्रो गर्छौं। यसका लागि पनि संवाद भइरहेको छ,’ चालिसेले भने। 

देउवा, सिंह लगायतका नेतालाई चुनावी अभियानमा जोड्ने कुरालाई पार्टीले प्राथमिकतामा राखेको चालिसेको भनाइ छ। पार्टीभित्र समुल एकता हुनु कांग्रेसका लागि सबैभन्दा बलियो पक्ष हुने उनको भनाइ छ।

‘यो बलियो पक्ष पनि हो। समस्या छ। यसमा लाग्छौँ, यसमा हाम्रो नियतका कारणले, समयका कारणले दृष्टिकोणका कारणले कमी बनेको होइन,’ उनले भने, ‘हामी जिम्मेवार ढंगले प्रस्तुत भइरहेको छौँ। कहिले काही लाग्दालाग्दै पनि परिणाम नआउन सक्छ। हामीले प्रयास नगरेको भन्ने होइन। सभापति, उपसभापतिसहित हामी यसमा गम्भीर छौँ।’

नयाँ नेतृत्व, एजेन्डा र एकतासहित निर्वाचनमा होमिएको कांग्रेसले शानदार परिणाम ल्याउने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad